close

सुरुङ्गा नगरपालिका-३ लाई बालमैत्री वडा घोषणा

सुरुङ्गा नगरपालिका-३ लाई बालमैत्री वडा घोषणा

Trulli
ADVERTISEMENT

सप्तरी- सुरुङ्गा नगरपालिका-३ लाई बालमैत्री वडा घोषणा गरिएको छ । गत शुक्रबार राष्ट्रिय बाल दिवसको अवसरमा मधेस प्रदेश, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द बहादुर न्यौपानेले वडा नम्बर-३ लाई बालमैत्री वडा घोषणा गरेका हुन् ।

सुरुङ्गा नगरपालिका ३ नम्बर वडा अध्यक्ष तथा वडा बाल अधिकार समितिका संयोजक किरण पोख्रेलको अध्यक्षतामा सञ्चालन भएको घोषणा सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि न्यौपाने बालमैत्री स्थानीय शासनको सूचकहरू पूरा गरी बालमैत्री घोषण गर्न सफल भएकोमा वडालाई बधाई दिएका छन् ।

वडाध्यक्ष पोख्रेलका अनुसार बालमैत्री वडा निर्माणको सूचक तथा मापदण्डहरू पूरा गर्दै बालबालिकाको अधिकार स्थानीय नीति, नियम, कार्यक्रम र बजेट समावेश गरिएको छ । सङ्घीय सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ ले तय गरेको ५१ सूचक र सुरुङ्गा नगरपालिकाले थप गरेको २ गरी ५३ सूचकहरूमध्ये अधिकांश सूचक पुरा गरेसँगै वडालाई बालमैत्री वडा घोषणा गरिएको वडा कार्यालयले जनाएको छ ।