close

काठमाडौंमा चार्जिङ स्टेसन सञ्चालनमा

काठमाडौंमा चार्जिङ स्टेसन सञ्चालनमा

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौंमा चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । 

मंगलबार नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको रत्नपार्कमा चार्जिङ स्टेसन सञ्चालनमा स्थापित चार्जिङ ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले उद्घाटन गरेसँगै चार्जिङ सञ्चालनमा आएको हो । 

प्राधिकरणको चार्जिङ स्टेसन पूर्वाधार विकास आयोजनाकाअनुसार पहिलो चरणमा राखिने ५१ वटा चार्जिङ स्टेसन धमाधम जडानको काम भइरहेको छ ।

प्राधिकरणले बिर्तामोड, दमक, विराटनगर, इटहरी, बेलाका, सुनसरी बसपार्क, लाहान, बर्दिबास र सिन्धुलीमाडीमा चार्जिङ स्टेसन स्थापना गर्दैछ । खुर्कोट, बनेपा, पथलैया, हेटौंडा, चितवन, मुग्लिन, धार्के, पोखरा, बर्दघाट, बुटवाल, भैरहवा, चन्द्रौटा, लमही, कोहलपुर, लम्की, अत्तरीया, महेन्द्रनगर र सुर्खेतमा चार्जिङ स्टेसन राखिंदैछ । काठमाडौंको साझा पुल्चोक, साझा बल्खु, हल्चोक र त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि चार्जिङ स्टेसन जोडिंदैछ ।