close

सीप  सिकेर आत्मनिर्भर बन्दै बुटवलका महिला

सीप  सिकेर आत्मनिर्भर बन्दै बुटवलका महिला

Trulli
ADVERTISEMENT

रुपन्देही- बुटवल उपमहानगरपालिका वडा न.१५का महिलाहरुलाई सिपमुलक तालिम प्रदान गरिएको छ ।बढ्दो बेरोजगारी समस्यालाई समाधान गर्न ३० दिने तालिम दिइएकाे हाे । 

तालिममा झोला तथा लेडिज सेन्डल जुत्ता बनाउने तालिम दिइएको वडा सदस्य तथा कार्यक्रम संयोजक रामा पौडेल पराजुलीले जानकारी दिईन् । सामाजिक विकास डिभिजन कार्यालय लुम्बिनी प्रदेशको आर्थिक सहयोग तथा ग्लोबल ट्रेनिङ सेन्टर र ए फोर ट्रेनिङ सेन्टरको व्यवस्थापनमा भएको तालिमको समापन बुधबार भएको हो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सदस्यद्धय जमुना ढकाल र हेमा बेल्बासेले महिलाहरु आत्मनिर्भर बन्न सिपमुलक तालिम आवश्यक रहेको कुरा औँल्याएका छन् । बढ्दो बेरोजगारी समस्या समाधान गर्न यि यस्ता तालिमले महत्वपुर्ण भुमिका खेल्ने तर्क दिदैँ प्रदेश सरकार महिलाहरुको पक्षमा काम गर्न तयार रहेको कुरा बताए । 

कार्यक्रममा बुटवल नगरपालिकाका प्रवक्ता तथा बुटवल उपमहानगरपालिका वडा न.१५का वडाअध्यक्ष शिव रानाले सिपमुलक तालिमबाट महिलाहरुलाई आत्मनिर्भर बनाउन लागेको बताएका छन् । प्रदेश सरकारले बुटवल १५का महिलाहरुलाई रोजेर यो सिपमुलक तालिम सञ्चालन गरेको हाे । 

तालिम उपलब्धिमुलक भएको प्रशिक्षार्थी सुशिला भट्टराईले बताईन् ।महिलाहरु सधैै चुलोचौकोमा सिमित रहेकोप्रति दुखेसो पोख्दै अब सिपमुलक तालिमबाट आत्मनिर्भर तर्फ केन्द्रीत भएको उल्लेख गरिन् । ६० जना महिलाहरुले सो तालिम लिएका थिए ।