close

महागढीमाईले गत माघदेखि यही असारसम्म जन्मेका छोरीको बीमा गराउँदै

महागढीमाईले गत माघदेखि यही असारसम्म जन्मेका छोरीको बीमा गराउँदै

Trulli
ADVERTISEMENT

बारा । मधेश सरकारले अभियानको रुपमा सञ्चालन गरेको छोरी शिक्षा बीमा परियोजनाअन्तर्गत महागढीमय नगरपालिकाले फारम खुला गरेको छ । 

छोरी शिक्षा बीमा कार्यक्रमको बीमा ३ लाख रुपैयाँ छ भने ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गतको ‘छोरी शिक्षा बीमा’ कार्यक्रम अन्तर्गत बालिकाको उमेर २० वर्ष पुगेपछि बीमाको रकम दिइन्छ ।  

महागढीमाई नगरपालिकाका शिक्षा शाखा प्रमुख रामविश्वासप्रसाद चौरसियाका अनुसार बीमाबापत‍्को रकम पाउनका लागि २० वर्षसम्म पढाउनैपर्छ । उनले पालिका खबरसँग भने ' २०७८ माघ १ देखि २०७९ असार २३ गतेसम्म जन्मेकाले बीमा गर्न पाउछन् । '  

भ्रुण पहिचान गरी हत्या गर्ने कार्यलाई निरुत्साहित गर्न र बालिकाहरूकको शिक्षाका लागि ल्याइएको प्रदेश सरकारले जनाएको छ । साथै छोरीलाई विद्यालय पठाई उनीहरूको शैक्षिक अधिकार र व्यक्तित्व विकासका उक्त योजना प्रदेश सरकारले ल्याएको हो । 

सुरुमा मधेश प्रदेशका प्रदेशको ८ वटा स्थानीय तहबाट शुरु गरेको उक्त कार्यक्रम हाल सबै स्थानीय तहमा लागू भइसकेको छ ।