close

तिलागुफामा शोकमाथि शोक

तिलागुफामा शोकमाथि शोक

Trulli
ADVERTISEMENT

काठमाडौं । कालीकाेटकाे तिलागुफामा शोकमाथि शोक थपिएकाे छ ।

मलामी गएका १३ जनाको बेपत्ताहरुकाे पहिचान हुन नसकिरेका बेला वडा नम्बर ६, ७ मा गएकाे  पहिरोले घर पुर्दा कालीकोटमा शोकमाथि शोक थपिएको हो । 

नगरप्रमुख श‌ंकरप्रसाद उपाध्यायका अनुसार  वडा नम्बर ७मा गएकाे पहिरोमा परी ५ जना बेपत्ता भए । जसमध्ये २ जना मृत भेटिएकाे, र अरुको खोजी कार्य भइरहेकाे छ । 

उनका अनुसार वडा नम्बर ७मा ध्रुव विष्टको घरमा क्षति पुगेको हो । 

त्यसैगरी, वडा नम्बर ६ मा गएको पहिरोमा परी  एक जना बेपत्ता भएकी छिन् । उनको खोजी कार्य भइरहेको छ । उनका अनुसार अहिले स्थानीय र स्थानी सुरक्षाकर्मीले खोजी कार्य गरिरहेका छन् ।

जिल्ला सदरमुकामबाट नगरपालिकासम्म आइपुग्न करिब १०/११ घन्टा लाग्ने भएकाले जिल्लाबाट थप सुरक्षाकर्मी आइनपुगेको उनले जानकारी दिए । वर्षाका कारण अहिले ३ दिन जति लाग्ने उनको भनाइ छ ।

पहिरोमा परी घाइते भएका र जोखिममा परेका घर परिवारलाई स्थानीय कालिका माविमा राखिएको उनले बताए । लगातार वर्षाका कारण आएको बाढीका कारण नगरपालिकाका ११ वटै वडा उच्च जोखिमममा रहेकाे उनको भनाइ छ ।

 आइतबार मलामी गएका तिलागुफा नगरपालिका-४ राँचुली गाउँका १३ जना सम्पर्कविहीन भएका थिए । माडी खोलाको किनारमा लास लजाउँदै गर्दा आएको बाढीले १३ जना बगाएको बताउँदै उनले खोजी कार्यका लागि जान नसकेकाे बताए । 

‘लास जलाउँदै गर्दा आएको बाढीले बगाएका १३ जना खोज्न पनि जान सकेका छैनाैँ, उनले भने, ‘त्यहाँ जाँदा अर्को क्षति व्योर्नुपर्ने हुन सक्छ ।’ 

बाढीले बगाएका १३ जनाहरुमा राँचुलीका कालिबहादुर शाही, धनबहादुर शाही, क्षेत्रजंग शाही,खगेन्द्र शाही, भेषबहादुर शाही, धन शाही, अलि शाही, खेमराज शाही, भक्तबहादुर शाही, मोतिलाल शाही, परबहादुर शाही, नरेश शाही र प्रशान्त शाही सम्पर्कविहीन छन् ।