close

अमरगढीका एक कर्मचारीलाई कोरोना, नगरपालिका सिल

अमरगढीका एक कर्मचारीलाई कोरोना, नगरपालिका सिल

Trulli
ADVERTISEMENT

डडेल्धुरा -  डडेल्धुरा सदरमुकामको अमरगढी नगरपालिकाका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षण उनमा कोरोना संक्रमण देखिएको हो ।

 

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नगरपालिकाको कार्यालय सिल गरिएको छ । कोभिड– १९ रोकथाम तथा नियन्त्रणका लागि गठित स्थानीय निर्देशक तथा सहजीकरण समितिको बुधबार बसेको आकस्मिक बैठकले कार्यालय सिल गर्ने निर्णय गरेको हो ।

 

अर्को सूचना नभएसम्मका लागि नगरपालिका कार्यालय र मातहतका कार्यालयबाट प्रदान गरिने आकस्मिक सेवाबाहेक सम्पूर्ण सेवाहरू बन्द गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमन्तराज पन्तले जानकारी दिए ।

 

२३ असोजमा अमरगढी नगरपालिकाका सबै कर्मचारी तथा जनप्रतिनिधिहरूको स्वाब संकलन गर्ने तयारी भएको समेत नगरपालिकाले जनाएको छ ।