close

चाँगुनारायणका छोरीका नाममा बेग्लै बैंक खाता

चाँगुनारायणका छोरीका नाममा बेग्लै बैंक खाता

Trulli
ADVERTISEMENT

 

भक्तपुर– भक्तपुरको चाँगुनारायण नगरपालिकाले बचत खाता छोरीको सुरक्षा जीवन भोलिको कार्यक्रम सञ्चालनमा ल्याएको छ । ५ वर्ष देखि १५ वर्ष सम्मका सबै बालबालिकालाई विद्यालय पठाउन नगरपालिका सफल भएतापनि ड्रप आउटको समस्या बढेकोले नगरपालिकाले उक्त कार्यक्रम सञ्चालनमा ल्याएको हो ।


नगरपालिकाका नगरप्रमुख सोमप्रसाद मिश्रका अनुसार सातौँ नगरसभाबाट उक्त कार्यक्रम ल्याएको हो । कार्यक्रममा नगरभित्रका छात्राहरु जो सामुदायिक विद्यालयमा अध्ययनरत छन् । उनीहरुले प्राप्त गर्नेछ ।


स्कूल लेवलका सबै नानीलाई सतप्रतिशत विद्यालय पठाउन नगरपालिका सफल भएता पनि कक्षा ८ र ९ मा गएर पढाई छोड्ने विद्यार्थीको संख्या कमी ल्याउन नसकेकोले उक्त कार्यक्रम ल्याएको नगरप्रमुख मिश्रले बताए ।


वार्षिक रुपमा छोरीको नाममा नगरपालिकाले पैसा जम्मा गरिदिने छ । ‘यो वर्ष चार हजार जम्मा गरिदिने छौं, प्रमुख मिश्रले भने, ‘सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढाउने, बालविवाह अन्त्य गर्ने, ड्रप आउटको अन्त्य गर्ने, शिक्षामा गुणस्तरीयता बढाउने, थप उच्च शिक्षा हासिल गर्ने उदेश्यले यस कार्यक्रम ल्याएका हौं ।’


छात्राले उक्त पैसा प्राप्त गर्न कक्षा १ देखि १२ सम्म अनिवार्य रुपमा पढ्नु पर्ने छ । कार्यक्रमले चाँगुका प्रत्येक छोरीले कक्षा १२ सम्म अनिवार्य रुपमा हासिल गर्ने विश्वास नगरप्रमुख मिश्रले व्यक्त गरे ।


नगरपालिकाको यो कार्यक्रमले आर्थिक अवस्था कमजोर भएका परिवारलाई सहयोग पुग्ने विश्वास विद्यार्थीमा छ । कक्षा १० मा अध्ययनरत प्रिती खाती नगरपालिकाले दिएको रकमबाट व्यवसाय सञ्चालन गर्ने बताउँछिन् ।