close

कोरोना संक्रमण नियन्त्रणमा अजयमेरुका जनप्रतिनिधि

अध्यक्षको गाडी बन्यो एम्बुलेन्स

कोरोना संक्रमण नियन्त्रणमा अजयमेरुका जनप्रतिनिधि

अध्यक्षको गाडी बन्यो एम्बुलेन्स

Trulli
ADVERTISEMENT

डडेल्धुरा- डडेल्धुराको अजयमेरु गाउँपालिका अध्यक्षले पनि आफूले प्रयाेग गर्दै आएकाे सरकारी सुविधाकाे गाडीलाई एम्बुलेन्स बनाउने भएका छन् । गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले प्रयोग गर्दै आएको ३६२ नम्बरको गाडीलाई ऐम्बुलेन्सका लागि तयार पारिएको हो ।

 

गाउँपालिकाको ट्रयाक्टरलाई शव वाहनका लागि तयार राखिएको पालिका अध्यक्ष भट्टले बताए । गाउँपालिकाका कुनै नागरिकलाई अप्ठेरो परेमा जनप्रतिनिधिलाई फोन गर्न आग्रह गरिएको उनले जानकारी दिए ।

 

‘कोेरोना संक्रमित र अन्य स्वास्थ्य समस्यामा परेका नागरिकलाई उपचारका लागि अस्पताल पुर्‍याउन एम्बुलेन्स अभाव भएपछि यो निर्णय गरेका हौँ । पहिला नागरिकलाई बचाऔँ, गाडी पछि चढौँला,’ उनले भने, ‘जनताको सुरक्षा हाम्रो मुख्य कर्तव्य हो ।’

 

कोरोना महामारी नियन्त्रणका लागि अजयमेरुले १० बेडको आइसोलेसन जनशक्तिसहित तयारी अवस्थामा राखेको छ । यस्तै, गाउँपालिकाले स्वाब संकलन वडामै व्यवस्थापन गरेको छ । 

 

यसअघि सदरमुकाममा रहेको अमरगढीका नगरपालिका प्रमुख विशेश्वरप्रसाद ओझा र उपप्रमुख संगीता भण्डारी चढ्ने गाडीलाई एम्बुलेन्स र टिपरलाई शव वाहन बनाउने निर्णय गरेको थियो ।