close

महिला उपभोक्ता समितिलाई खाँदबारीको सम्मान

महिला उपभोक्ता समितिलाई खाँदबारीको सम्मान

Trulli
ADVERTISEMENT

संखुवासभा- संखुवासभाको खाँदबारी नगरपालिकाले ४७ महिला उभोक्ता समितिलाई पुरस्कृत गरेको छ ।


नगरपालिकामा आर्थिक वर्ष २०७७/७८ मा गठन भएर समयमै योजना सम्पन्न गर्ने महिला उपभोक्ता समितिलाई योजनाको कुल रकमको ३ प्रतिशत रकमले पुरस्कृत गरेको खाँदबारीका नगरप्रमुख मुरारीप्रसाद खतिवडाले जानकारी दिए ।

 

चुलोचौका र घरायसी काममा मात्र सीमित महिलालाई विकास निर्माणमा सहभागिता गराउने उद्देश्यले महिला उपभोक्ता समितिलाई पुरस्कृत गरिएको नगरप्रमुख खतिवडाले बताए ।

 

गत वर्षको नगरसभाले समयावधिअघि नै निर्माण सम्पन्न गरेका महिला उपभोक्ता समितिलाई पुरस्कृत गर्ने निर्णयअनुसार पुरस्कृत गरेको नगरप्रमुख खतिवडाको भनाइ छ ।


खाँदबारी नगरपालिकाका ४६९ योजनामध्ये ४७ योजना महिला उपभोक्ता समितिमार्फत सम्पन्न भएका थिए ।

 

महिला उपभोक्ता समितिमार्फत सडक ढलान, धाराकुवा निर्माण, सोलिङ तथा नाली निर्माण, विद्यालय भवन निर्माण र कुलोसहितका योजना निर्माण भएको खाँदबारी नगरपालिकाले जनाएको छ ।