close

बारामा राष्ट्रिय परिचयपत्र र इ–पासपोर्ट लिन पालिकाबाटै अनलाइन फाराम भर्नसक्ने

बारामा राष्ट्रिय परिचयपत्र र इ–पासपोर्ट लिन पालिकाबाटै अनलाइन फाराम भर्नसक्ने

Trulli
ADVERTISEMENT

काठमाडौं । बारामा राष्ट्रिय परिचयपत्र र ई–पासपोर्ट बनाउन अब पालिकाबाटै अनलाइन फारम भर्न पाइने भएको छ । 

बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले जिल्लावासीले राष्ट्रिय परिचयपत्र बनाउन भर्नुपर्ने अनलाइन फाराम अब पालिकाबाटै भर्न सक्ने जानकारी दिए । जसका लागि १६ वटै पालिकाका एमआइएस अपरेटरलाई तालिम दिइसकिएको उनले बताए ।

विभिन्न पालिकाबाट आएका जनताले सामान्य फर्म भर्न कै लागि हजारौं रुपैयाँ खर्च गर्नुपर्ने र समय पनि खेर जाने गरेको गुनासो आएपछि समस्या समाधानका लागि पालिकाबाट नै दुवै फर्म निःशुल्क भर्नेगरी व्यवस्था मिलाइएको उनको तर्क छ । 

‘राष्ट्रिय परिचयपत्र र ई–पासपोर्टको फाराम भर्ने क्रममा साईबरहरुले १ हजार, २ हजार लिएर ठग्ने गरेको गुनासो आयो ।’ उनले भने ‘ अब स्थानिय तहबाटै निःशुल्क फाराम भर्न सक्नेगरि व्यवस्था मिलाएका छौं, फाराम भरेपछि मात्रै जिल्ला प्रशासन कार्यालयमा आएर बायोमेट्रिको काम गराउँदा हुन्छ ।’