close

पालिकाबाटै राष्ट्रिय परिचयपत्रको अनलाइन फाराम

पालिकाबाटै राष्ट्रिय परिचयपत्रको अनलाइन फाराम

Trulli
ADVERTISEMENT

बारा । सेवाग्राहीको सहजताका लागि बारा जिल्लामा  पनि सम्बन्धित पालिकास्तरबाटै  राष्ट्रिय परिचयपत्रको अनलाइन फाराम  निःशुल्क रुपमा भर्न सक्ने गरी व्यवस्थापन गरिएको छ । 

राष्ट्रिय परिचयपत्रलाई छिटोछरितो र व्यवस्थित बनाउनका लागि अनलाइन फाराम  जिल्लाका सबै  पालिकाबाट निःशुल्क रुपमा  भर्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिनुभयो  ।  

सो सेवा लिन सेवाग्राही  सम्बन्धित पालिकाबाट परिचयपत्रका लागि अनलाइन फाराम  भरेर मात्र जिल्ला प्रशासन कार्यालय  वा इलाका प्रशासन कार्यालय आउनुपर्ने छ ।  यसो गर्दा कार्यालयमा हुने अनावश्यक भीडमा कमी आउने जनताको समय र  पैसा बचत हुने जनाइएको छ  । 

परिचयपत्र बनाउन जिल्लाका विभिन्न क्षेत्रबाट  जनताहरूले दिनभरिको समय खर्चिएर, आर्थिक खर्च पनि गरेर  दुवै जिल्लाका प्रशासन कार्यालयसम्म आउनुपर्ने बाध्यता थियो । 

यस अगावै प्रशासनले पनि राष्ट्रिय परिचयपत्र र ई–पासपोर्ट आवेदनका लागि सेवाग्राहीले सम्बन्धित पालिकाबाटै अनलाइन फाराम  निःशुल्क रुपमा भर्ने व्यस्थापन मिलाइसकेको थियो ।