close

बगनासकाली पालिकाले एकल महिलालाई सीपमूलक तालिम दिने

बगनासकाली पालिकाले एकल महिलालाई सीपमूलक तालिम दिने

Trulli
ADVERTISEMENT

काठमाडौं । पाल्पाको बगनासकाली गाउँपालिकाले युवा एकल महिलालाई सिपमूलक तालिम दिने भएको छ । 

आत्मनिर्भर बन्न चाहने एकल महिलालाई व्यवसाय सुरु गर्न अनुदानको व्यवस्था गर्ने भनी  नीति तथा कार्यक्रममा समेटिएको गाउँपालिकाकी अध्यक्ष सरस्वती दर्लाम चिदीले पालिकाखबरलाई बताइन् । 

हिंसा पीडित महिलाको सहयोयका लागि परामर्श केन्द्र स्थापना गर्ने नीति तथा कार्यक्रम पनि गाउँपालिकाले ल्याएको छ । महिला हिंसाबाट पीडित महिलालाई आर्थिक सहयोग गर्न महिला हिंसा निवारण कोष पनि स्थापना गरेको गाउँपालिकाले जनाएको छ ।