close

सोताङ गाउँपालिकाद्वारा पाँच बेसिक कम्प्युटर ट्रेनर नियुक्त

सोताङ गाउँपालिकाद्वारा पाँच बेसिक कम्प्युटर ट्रेनर नियुक्त

Trulli
ADVERTISEMENT

काठमाडौं । सोलुखुम्बुको सोताङ गाउँपालिकाले पाँचजना बेसिक कम्प्युटर ट्रेनर नियुक्त गरेको छ । 

सूचना प्रविधिमैत्री सोताङ गाउँपालिका निर्माण योजना अन्तर्गत बेसिक कम्प्युटर तालिमका सञ्चालनार्थ कम्प्यूटर ट्रेनर नियुक्त गरिएको पालिकाले एक सूचना जारी गरी जानकारी दिएको छ । 

‘मिति २०७९/०३/२३ गतेको सूचना अनुसार २०७९/०४/२५ गते बसेको प्रशिक्ष्क छनोट समितिको निर्णयअनुसार तपशीलबमोजिम प्रशिक्षक नियुक्त गरिएको छ,’ जारी सूचनामा भनिएको छ ।

प्रशिक्षकमा नियुक्त हुनेहरूमा केशव नाछिरिङ,सत्यकला राई, चन्द्रशेर राई, मिलन नाछिरिङ र मिलन तामाङ छन् । नियुक्त प्रशिक्षकलाई ५ दिनभित्र कागजपत्रसहित उपस्थित हुन जारी सूचनामार्फत् भनिएको छ ।