close

चिसंखुगढीले १२ गतेसम्म समाजिक सुरक्षा भत्ता वितरण गर्ने

चिसंखुगढीले १२ गतेसम्म समाजिक सुरक्षा भत्ता वितरण गर्ने

Trulli
ADVERTISEMENT

काठमाडौं । ओखलढुंगाको चिसंखुगढी गाउँपालिकाले समाजिक सुरक्षा भत्ता भुक्तानी शिविर सञ्चालन गरिरहेको छ । आव २०७९/८०को प्रथम त्रैमासिकबापतको सामाजिक सुरक्षा भत्ता वितरण हिजो (असोज ५) बुधबारबाट सुरु भएको हो । 

सामाजिक सुरक्षा भत्ता वितरण असोज १२ गतेसम्म सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार आज (असोज ६ गते)वडा नम्बर १ कुइभीरमामा लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको छ । 

त्यसैगरी भोलि(असोज ७ गते) वडा नम्बर २ पोखरे, असोज ९ गते वडा नम्बर ६ भदौरे, १० गते वडा नम्बर ३ दियाले, ११ गते वडा नम्बर ७ माम्खा, १२ गते वडा नम्बर ८ माम्खामा लाभाग्राहीलाई सामाजिक सुरक्षा वितरण हुनेछ ।  असोज ५गते वडा नम्बर ५ सेर्नामा सामाजिक भत्ता वितरण भएको थियो ।