close

देख्नेगरी मूल्यसूची राख्न बेलकोटगढीको अनुरोध

देख्नेगरी मूल्यसूची राख्न बेलकोटगढीको अनुरोध

Trulli
ADVERTISEMENT

काठमाडौं । नुवाकोटको  बेलकोटगढी नगरपालिकाले बजार अनुगमन बढाएको छ । 

नेपालीहरुको माहान चाड शुभ विजया दशमी तथा दिपावलीको पावन अवसरमा बजार मुल्यमा हुन सक्ने असमान मूल्य वृद्विलाई ध्यान राखीमा बजार अनुगन बढाएको नगरपालिकाले जनाएको छ । 

व्यवसायीहरुले आफूले विक्री गर्ने दैनिक उपभोग्य वस्तुहरुको मूल्यसूची उपभोक्ताले देख्नेगरी अनिवार्य रुपमा टाँस गर्नु हुन नगरले अनुरोध गरेको छ । 

सामाजिक मूल्य मान्यता कायम राख्दै शान्तिपूर्ण ढंगले चाडपर्व मनाउन घर समाजमा हुने गरेको विकृति, विसंगतीलाई पूर्ण रुपले निरुत्साहित गर्ने अभिप्रायले सार्वजनिक स्थलमा सुर्तीजन्य तथा मदिराजन्य वस्तुहरुको प्रयोग गर्न तथा विक्री वितरण गर्न पूर्ण रुपमा निषेध गरिएको छ l

साथै, जुवातासलगायत सामाजिक सदभावमा आंच पुर्‍याउने गरेको पाइए कानुनबमोजिम कारबाही गर्ने नगरले जनाएको छ । 

यस्तै, नगरले आउँदै गरेको विजयादशमीको अवसरमा नगरले सरसफाई कार्यक्रमलाई पनि निरन्तरता दिने भएको  छ । घटस्थापनादेखि सरसफाइलाई अगाडि बढाउने नगरले जनाएको छ ।