close

धरान उपमहानगरमा रेविजविरुद्धको खोप लगाइने

धरान उपमहानगरमा रेविजविरुद्धको खोप लगाइने

Trulli
ADVERTISEMENT

काठमाडौं । धरान उपमहानगरपालिकाले घर पालुवा जवनावरलाई रेबिजविरुद्ध खोप लगाउने भएको छ । 

उपमहानगरले एक सूचना जारी गरी घरपालुवा कुकुर, बिरालोलाई रेबिजविरुद्ध खोप लगाउने जानकारी दिएको हो । 

‘धरान उपमहानगरपालिकाको पशु सेवा शाखा धरान-१३,वाट विश्व रेविज दिवसको अवसरमा प्राणघातक रेबिज रोगविरुद्धको खोप यही असोज ६ गतेदेखि असोज १४ गतेसम्म कार्यलय समयमा लगाइने हुँदा आ-आफ्ना घरपालुवा कुकुर तथा बिरालोमा नि:शुल्क खोप लगाउन हुन यसै सूचनामार्फत् जानकारी गराइन्छ,’ जारी सूचनामा उल्लेख छ ।