close

प्रक्रिया पुर्‍याएर भौतिक संरचना बनाएको प्रमाण पेस गर्न जीतपुरको अनुरोध

प्रक्रिया पुर्‍याएर भौतिक संरचना बनाएको प्रमाण पेस गर्न जीतपुरको अनुरोध

Trulli
ADVERTISEMENT

काठमाडौं । जितपुर उपमहानगरले सार्वजनिक जग्गामा बनेका भौतिक स‌ंरचनाहरूको प्रक्रिया पुर्‍याएकाे कागजातसहित सम्पर्कमा आउन अनुरोध गरेको छ । 

उपमहानगरले एक सूचना जारी गरी उपमहानगरले  सार्वजनिक जग्गामा भौतिक संरचना निर्माण रहेका संघ, संस्था, क्लब, सहकारी  निजी विद्यालयहरुलाई ३५ दिनभित्र सम्पर्कमा आउन अनुरोध गरेको हो ।

अन्यथा  स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम कारबाही गर्ने उपमहानगरले चेतावनी दिएको छ । 

‘सार्वजनिक जग्गामा भौतिक संरचना निर्माण रहेका संघ, संस्था, क्लब, सहकारी र्‌ निजि विद्यालयहरुले कानूनी प्रकृया पूरा गरेको कागजातको साथमा यस कार्यालयमा उपस्थित हुन साथै उक्त कानूनी प्रक्रिया पूरा नगरेको उल्लेखित सबैले यो सूचना प्रकाशन भएको मितिले ३५ (पैंतीस) दिनभित्र उक्त संरचना हटाउन यो सूचना प्रकाशन गरिएको छ,’ जारी सूचनामा भनिएको छ, ‘ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा (३९) बमोजिम कानूनी कारबाही अगाडि बढाइने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’