close

मध्यविन्दु नगरपालिकामा व्यवस्थित स्तनपान कक्ष स्थापना

मध्यविन्दु नगरपालिकामा व्यवस्थित स्तनपान कक्ष स्थापना

Trulli
ADVERTISEMENT

नवलपरासी । मध्यविन्दु नगरपालिकामा स्तनपान कक्ष निर्माण गरिएको छ । 

नगरपालिकाले प्रशासनिक भवनको नागरिक सेवा केन्द्रसँगै निर्माण गरेको स्तनपान कक्ष शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ । नगरपालिका भित्रका शिशु तथा आमाको स्वास्थ्य सुधारमा टेवा पुर्‍याउने उद्देश्यका साथ स्तनपान कक्षको स्थापना गरिएको नगरप्रमुख भीमलाल अधिकारीले बताए ।

“यसअघि नगरपालिकामा सेवा लिन आउने आमाहरूले आफ्नो शिशुलाई सुरक्षित रुपमा स्तनपान गराउने र शिशुलाई आराम गराउने स्थानको अभावमा समस्या भोग्नु परेको थियो”, नगरप्रमुख अधिकारीले भने “स्तनपान कक्षको निर्माणपछि अब भने शिशु र आमा दुवैलाई सहजता आउँछ ।” 

नगरपालिकामा सेवा लिन आउने आमाहरूले सार्वजनिक रुपमा आफ्ना बालबालिकालाई स्तनपान गराउन अप्ठ्यारो भएको महसुस गरिएपछि नगरपालिकाले स्तनपान कक्ष निर्माण गरेको अधिकारीको भनाइ छ । 

शुक्रबारदेखि सञ्चालनमा आएको स्तनपान कक्षले शिशुसहित सेवा लिन आमालाई सहज गराउने अधिकारीको भनाइ छ । नगरपालिकामा निर्माण गरिएको स्तनपान कक्षमा बिछ्यौनासहितको शय्या, शिशुलाई सुताउने झोलुङ्गो, आमाको हात सफा गर्नका लागि साबुनपानीलगायतको व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ ।