close

काठमाडौँमा विपद जोखिम व्यवस्थापनमा स्थानीय सरकारको क्षमता अभिवृद्धि तालिम

काठमाडौँमा विपद जोखिम व्यवस्थापनमा स्थानीय सरकारको क्षमता अभिवृद्धि तालिम

Trulli
ADVERTISEMENT

काठमाडौँ । काठमाडौँमा विपद जोखिम व्यवस्थापनमा स्थानीय सरकारको क्षमता अभिवृद्धि कार्यक्रम सुरु भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले युएस एड र आईओएमको सहकार्यमा काठमाडौँ महानगरका जनप्रतिनिधि र कर्मचारीहरुका लागि मंसिर १२ र १३ गते तालिम सञ्चालन गरेको हो । 

कार्यक्रम शुभारम्भ गर्दै महानगरकी उपप्रमुख सुनिता डंगोलले विपद रोक्न नसकेपनि पूर्व तयारी गरेर क्षति घटाउन सकिने भएकाले यस्ता तालिम महत्वपुर्ण रहेको बताइन्। ‘सुरक्षित समुदायका लागि वडा स्तरीय विपद व्यवस्थापन समितिलाई सक्रिय बनाउनु पर्ने अहिलेको आवश्यकता हो । वडा समितिहरुलाई यो संयन्त्र सक्रिय बनाउनु आग्रह गर्दछु ।’ उनले भनिन् । 

उनको अनुसार भूकम्प र आगलागी मात्र विपद हो भन्नु गलत धारणा हो । महामारी पनि विपद रहेको उनले बताइन् । यसप्रकारका जोखिमबाट समुदायलाई बचाउन संघीय नीति र कार्यक्रमलाई स्थानीयकरण गर्न ध्यान जानुपर्ने उनको भनाइ छ । 

तालिममा विपद सम्बन्धी बुझाई, सरकारका नीति र प्राथमिकता, विपद सुशासन र यसको स्थानीय तहमा भएको अभ्यास, विपद व्यवस्थापन समितिको काम कर्तव्य, विपद कोष सञ्चालन, विपद लेखाजोखालगायतका विषय समेटिएका छन् ।

यस्तै आपतकालीन कार्य सञ्चालन केन्द्रको प्रावधान, पूर्व चेतावनी प्रणाली, जलबायु उत्थानशील योजना, समावेशी विपद जोखिम न्युनीकरणलाई विकास प्रक्रियामा मूल प्रवाहीकरण, अन्तरपालिका सम्बन्ध, पूर्व तयारी र प्रतिकार्य योजन मानवीय सिद्धान्तहरु र मापदण्ड, लैङ्गिक समानता र सामाजिक समावेशीकरणको सिकाई, खुल्ला क्षेत्रको पहिचान र संरक्षण, शिविर सञ्चालन र व्यवस्थापन तालिमका अन्य विषय हुन् । विपदको वित्तिय व्यवस्था र जोखिम हस्तान्तरण संयन्त्र, स्थानीय तहमा जोखिम व्यवस्थापन कार्ययोजनालगायत विषयमा प्रस्तुति छलफल र समूहगत कार्य हुनेछ ।