close

समान फन्ट प्रयोग गर्न परशुरामको निर्देशन

समान फन्ट प्रयोग गर्न परशुरामको निर्देशन

Trulli
ADVERTISEMENT

डडेल्धुरा । परशुराम नगरपालिकामा एउटै फन्ट प्रयोग गर्न निर्देशन दिएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै पालिकाअन्तर्गतका सबै कार्यालयलाई एउटै फन्ट प्रयोग गर्न निर्देशन दिएको हो । 

सूचना अनुसार पालिकामा प्रशासनिक कार्यमा सहजता र एकरुपता कायम गर्नको लागि सो निर्देशन दिएको हो । पालिका अन्तर्गतको वडा कार्यालय, विषयगत शाखा तथा अस्पतालमा कालीमाटि वा कोलिला फन्ट प्रयोग गर्नु पर्ने छ । 

कार्यालयसंग सम्बन्धित फाइलमा पनि सोही फन्ट प्रयोग हुनु पर्ने सो सूचनामा उल्लेख गरिएको छ ।