close

लोक सेवा आयोगको वैकल्पिक उम्मेद्वारलाई करार सेवामा राख्दै विराटनगर

लोक सेवा आयोगको वैकल्पिक उम्मेद्वारलाई करार सेवामा राख्दै विराटनगर

Trulli
ADVERTISEMENT

मोरङ । विराटनगर महानगरपालिकाले लोकसेवा आयोगको परिक्षाबाट वैकल्पिकका लागि सिफारिस भएका उम्मेदवारलाई करार सेवामा राख्ने भएको छ । महानगरपालिकाले एक सूचना जारी गर्दै आयोगको परिक्षामा वैकल्पिकमा सिफारिस भएकोलाई इन्जिनियर र सव इन्जिनियरमा रोजगारी दिने जनाएको हो । 

सूचना अनुसार करार सेवामा इन्जिनियर र सव इन्जिनियरको व्यवस्थापन गर्नुपर्ने भएकोले आर्थिक वर्ष २०७८ र ०७९ देखि हालसम्म आयोगले काठमाडौ, धनकुटा र इलाम कार्यालय तथा प्रदेश लोक सेवा आयोग विराटनगरबाट वैकल्पिक क्रम संख्याको आधारमा छनोट गरिने छ । 

सोमा परेका व्यक्तिले सूचना प्रकासित भएको ७ दिनभित्र कार्यालयमा सम्पर्क गर्न महानगरपालिकाले अनुरोध गरेको छ  । पहिलो निवेदन दिने व्यक्तिलाई प्राथमिकतामा राखेर करार सेवामा सिफारिस गरी काममा खटाइने महानगरपालिकाले जनाएको छ ।