close

सेवामा सुधार ल्याउन कर्मचारीलाई फूलको गुच्छा

सेवामा सुधार ल्याउन कर्मचारीलाई फूलको गुच्छा

Trulli
ADVERTISEMENT

दाङ । राप्ती गाउँपालिकाले १० नबज्दै कार्यालय आउने कर्मचारीलाई फूलको गुच्छासहित सम्मान गर्ने अभियान सुरु गरेको छ । गाउँपालिकाको सेवा विस्तारलाई  छिटो छरितो गर्नको लागि कर्मचारीलाई सम्मान अभियान सुरु गरेको हो । 

गाउँपालिका अध्यक्ष प्रकाश विष्टले १० नबज्दै कार्यालय पुग्ने कर्मचारीलाई फूलका गुच्छा दिँदै सम्मान गरिएको जनाएको छ । उनका अनुसार कर्मचारीलाई सम्मान गरेसँगै प्रोत्साहन हुने उनको विश्वास छ । साथै सेवा प्रवाहमा सुधार आउने विश्वास उनको छ । 

हाल गाउँपालिकामा ६० जना कर्मचारी कार्यरत छन् ।