close

माडीमा विधुतीय  प्रणालीबाट कर भुक्तानी सुरु

माडीमा विधुतीय  प्रणालीबाट कर भुक्तानी सुरु

Trulli
ADVERTISEMENT

 चितवन । माडी नगरपालिकाले विधुतीय  प्रणालीबाट कर भुक्तानी सुरु गरेको छ । नगरपालिकाले राजश्व असुली प्रणालीलाई थप सुधार गर्नको लागि विद्युतीय प्रणाली सुरु गरेको हो । 

 नगर उपप्रमुख खेम प्रसाद महतोले  बिहिबार एक कार्यक्रमबाट विद्युतीय प्रणाली सुरु गरेको बताए । उनले सेवा सुरु भएसंगै कर दाताले व्यबसाय कर, वहाल कर तथा सम्पति कर घरबाट नै तिर्न मिल्ने बताए ।

  कर दाताले सेवा लिन आउदा तिर्नु पर्ने सेवा शुल्क डायनामिक क्युआर कोडको प्रयोग गरी निर्धारित शुल्क रकम मोबाईल बैंकिंग ,ईसेवा, खल्ती,कनेक्ट आई पी एस लगायतकोको भुक्तानी सेवा प्रदायक मार्फत अशुल गर्न मिल्ने व्यबस्था गरिएको उनले बताए।