close

क्यालेण्डर छपाईका लागि फोटो उपलब्ध गराउन अनुरोध

क्यालेण्डर छपाईका लागि फोटो उपलब्ध गराउन अनुरोध

Trulli
ADVERTISEMENT

खोटाङ । केपिलासढी गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को क्यालेण्डर छपाई गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै क्यालेण्डर छपाई गर्न लागेको जनाएको हो । 

गाउँपालिकाको अनुसार आगामी बर्षको कार्यक्रमलाई समेटेर क्यालेण्डर बनाउने लागेको हो । गाउँपालिका भित्र हुने सबै कार्यक्रमहरु समेटेर क्यालेण्डर छपाई गर्नका लागि तस्विर उपलब्ध गराउन अनुरोध गरेको छ । 

पालिका भएको सांस्कृतिक, पर्यटकीय, स्थानीय मौलिकता झल्कने, सामाजिक परिवेश बमोजिम गाउँपालिकालाई चिनाउने उत्कृष्ट फोटोहरु उपलब्ध गराउज अनुरोध गरेको जनाइएको छ । गाउँपालिकाको अनुसार फोटोहरु ९८४९०६९४२३, ९८४९६८५२९७ वा ९८६१७४३२१० मा ह्वाटस्एप गरी पठाउन सकिने जनाएको छ ।