close

मध्यपुर थिमिमा भोलि सार्वजनिक विदा

मध्यपुर थिमिमा भोलि सार्वजनिक विदा

Trulli
ADVERTISEMENT

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले भोलि मंगलबार सार्वजनिक विदा दिएको छ । नगरपालिकाले आफ्नो२७ औं स्थापना दिवसको अवसरमा मंगलबार सार्वजनिक विदा दिएको हो । 

नगरपालिकाको अनुसार पालिकाको स्थापना दिवसको अवसरमा नगरपालिका र नगरपालिका मातहातका सम्पूर्ण कार्यालय बन्द रहने छन् । तर कक्षा ८ को परीक्षा निर्धारित दिनमा सञ्चालन हुने नगरपालिकाले जनाएको छ । 

नगरपालिकाले बोडेमा कुमारी द्यो स्क्वायरमा २७ औँ स्थापना दिवस मनाउने कार्यक्रम तय गरेको छ । सांसद दुलर्भ थापाको आतिथ्यतामा दिउँसो २ बजे स्थापना दिवस मनाउने नगरपालिकाले जनाएको छ ।