close

पुर्चौंडीमा दुई दिन स्थानीय पर्व विदा

पुर्चौंडीमा दुई दिन स्थानीय पर्व विदा

Trulli
ADVERTISEMENT

बैतडी - पुर्चौंडी नगरपालिकाले दुई दिन स्थानीय पर्व विदा दिएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै बुधबार र बिहीबार  स्थानीय बिदा दिएको हो।

सूचनाका अनुसार नगरपालिकाको वडा १ हाटस्थित प्रसिद्ध त्रिवेणी राताशिला धाममा गिरेगडा कफलखाना जात्रा लाग्ने भएकाले विदा दिएको हो ।

सो दिन पालिका क्षेत्रभित्रका सबै सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था लगायतमा स्थानीय बिदा दिएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।