close

गर्भवती महिलालाई पालिकाकाे निःशुल्क एम्बुलेन्स

गर्भवती महिलालाई पालिकाकाे निःशुल्क एम्बुलेन्स

Trulli
ADVERTISEMENT

इलाम- देउमाई नगरपालिकाले गर्भवती महिलाहरुका लागि निशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ । नगरभित्रका गर्भवतीलाई प्रसूति सेवाका लागि अस्पतालसम्म लैजानकाे लागि पालिकाले निःशुल्क एम्बुलेन्स सेवा सुरुवात गरेको हो ।

पालिकाका नगरप्रमुख सूर्य पोख्रलले नगरपालिका भित्रका बिभिन्न ठाउँदेखि इलाम अस्पतालसम्म लैजान साे सेवा सञ्चालनमा ल्याएकाे जानकारी दिए । उनका अनुसार ‘गर्भवतीलाई गाडी नपाएर समस्या नहोस भनेर सो सेवा सुरु गरिएको हो ।

देउमाई नगरपालिकाले गएको महिना एम्बुलेन्स खरिद गरी सेवा प्रारम्भ गरेको उनले जानकारी दिए।