close

जानकीद्धारा ५०० लाई कम्बल वितरण

जानकीद्धारा ५०० लाई कम्बल वितरण

Trulli
ADVERTISEMENT

बाँके–  जानकी गाउँपालिकाले अपाङ्गता तथा गरिब विपन्न घरपारिवारलाई कम्बल वितरण गरेको छ । गाउँपालिकाले ५०० जना अपाङ्गता तथा गरिब विपन्न घरपारिवारलाई मंगलबार कम्बल वितरण गरेको हो ।

अत्याधिक चिसो बढेसंगै अपाङ्गता भएका व्यक्ति तथा गरिब विपन्न घरपरिवारलाई कम्बल वितरण गरेको गाउँपालिका अध्यक्ष छब्बन खाँले बताए । मंगलबार एक कार्यक्रमको आयोजना गरी ५०० सय जनालाई कम्बल वितरण गरेको अध्यक्ष खाँले पालिकाखबरलाई जानकारी दिए ।

जाडोमा न्यानो न्यानो प्रदान गर्ने उद्देश्यले अपाङ्ग भएका व्यक्ति तथा गरिब विपन्न परिवारलाई कम्बल वितरण गरिएको बताए । चिसोका कारण समस्यामा परेकालाई कम्बल वितरण गरिएको बताए ।