close

१ हजार ७०० परिवारलाई नि:शुल्क सुधारिएको चुलो

१ हजार ७०० परिवारलाई नि:शुल्क सुधारिएको चुलो

Trulli
ADVERTISEMENT

बाँके– जानकी गाउँपालिका वडा नं ४ ले नि:शुल्क प्रदूषणरहित चुलो वितरण गरेको छ । वडाका एक हजार ७०० परिवारलाई प्रदूषणरहित चुलो वितरण गरेको हो ।

वडामा एक हजार २८८ घरधुरी छन् । सोमध्ये एक हजार ७०० चुलो वितरण गरेको वडाध्यक्ष्य रमेश कुमार बर्माले बताए । उनले भने, 'एउटै परिवारमा पनि अलग भान्साको प्रयोग गर्ने सदस्यहरु छन् । उनीहरुलाई पनि वितरण गरेका हौँ।'  गत महिनादेखि स्थानीयका घरदैलोमा पुगेर प्रदूषणरहित चुलो वितरण गर्दै आएको उनले सुनाए । 

भारतको भुपालमा गएर श्रीमा ग्रुप एसएमजी कम्पनीसँग प्रदूषणरहित चुलोका लागि निःशुल्क सम्झौता गरेको उनले बताए । ‘चुलोको मूल्य दुई हजार २०० भारु पर्ने भएपनि कम्पनीले आफ्नो प्रचार गर्न निः शुल्क चुलो उपलब्ध गराएको थियो,’ उनले भने ।

कम्पनीसँग सम्झौता गरी निःशुल्क रुपमा एक हजार ७०० प्रदूषणरहित चुलो ल्याएको उनले बताए । चुलो लिन केही परिवार अझै बाँकी रहेकाे बताउँदै बाँकी परिवारलाई पनि छिट्टै वितरण गरिसक्ने उनले पालिकाखबरलाई सुनाए । 

पालिकाका अन्य क्षेत्रमा समेत  प्रदुषणरहित चुलो वितरण गर्न गाउँपालिकाका अध्यक्ष छब्बन खाँलाई समेेत चुलो उपलब्ध गराएका छन् । उनले भने, '६०० चुलो गाउँपालिका अध्यक्षलाई वितरण गर्न दिएको छु ।' 

सो चुलोको प्रयोगले खाना बनाउँदा दाउराको खपत कम हुने तथा बोटविरुवा कटानी कम हुने उनले विश्वास व्यक्त गरे । थोरै दाउराबाट पनि ग्यासजस्तै बल्ने भएकाले  प्रदूषणरहित चुलोको माग बढिरहेको उनले बताए । चुलोमा खिया नलाग्ने र लामो समय टिक्ने विशेषता रहेकाे उनले बताए । उनले भने, 'केही कारणले चुलो बिग्रेमा कम्पनीले निः शुल्क बनाइदिन्छ ।'