close

हामी निष्पक्ष बन्दैनौँ, नागरिकको पक्षमा बोल्छौँ, लेख्छौँ, देखाउँछौँ

हामी निष्पक्ष बन्दैनौँ, नागरिकको पक्षमा बोल्छौँ, लेख्छौँ, देखाउँछौँ

Trulli
ADVERTISEMENT

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका तीन तहका सरकारमध्ये जनताको नजिकको सरकार भनिएको स्थानीय सरकारको पहिलो कार्यकाल सकिनै लाग्दा २०७९ वैशाख ३० गते सम्पन्न दोस्रो कार्यकालको निर्वाचनको अन्तिम परिणाम पनि आइसकेको छ ।

नेपालीहरू दुःख, पीडा, असहजताका बाबजुद पनि खुसी रहन्छन् भनेर सबै दंग पर्छन् । आखिर किन होला ? जब विगतको सम्झना र आगतको चिन्ता हुँदैन तब जो कोही खुसी हुनसक्छ । यो नियति समाजको छायाँ बनेको सञ्चार क्षेत्रमा पनि उस्तै हो । विगतको जनप्रतिनिधिले गरेका गल्ती, कमीकमजोरीसँगै उनीहरूले गरेका राम्रा प्रयत्न बिर्सिदिन्छौँ अनि निर्वाचित गराएका नयाँ जनप्रतिनिधिका कामलाई पनि बेवास्ता गरिदिन्छौँ । हुन्छ त केवल, केही चर्चा पाएका भ्रष्टाचार, अनियमितता, अपराधका केही राष्ट्रिय विषयमा छलफल र बहस । दृष्टिकोणहरू छताछुल्ल हुन्छन् । पुनः ती विषयको स्मरण कसैले गर्दैन । मिडियाले पनि गर्दैन ।

पालिका खबर जन्मिएको कारण पनि यही नै हो । पालिका खबर स्थानीय सरकारको दस्ताबेज हो । विगतको स्मरण गराउँदै आगतलाई थप जिम्मेवार, पारदर्शी, उत्तरदायी, जबाफदेही बनाएर नागरिकको विकास र समृद्धि प्राप्तिको वर्षौँदेखि दबिएको त्यो चाहनालाई उजागर मात्रै होइन, पूर्ति गर्नेसम्मको अवस्था बनाउने प्रयत्न नै समग्रमा पालिका खबर हो ।

पालिका खबर, सञ्चार संस्था मात्रै होइन, यो अभियान हो । मिडिया निष्पक्ष हुँदैन, हुनै सक्दैन । हामी निष्पक्ष होइनौ, हुँदैनौँ । हामी नागरिकको पक्षमा बोल्छौँ, लेख्छौँ, देखाउँछौँ । ‘सर्वजनहितायस्’ नहुन सक्ला तर ‘बहुजनहितायः’ हाम्रो उद्देश्य हो । पालिका खबरका विषय र चासो फरक छन् । सुकिला मुकिला, वाक्पटुताका धनी, जानकार, टाठा बाठा, पाखुरी बल, सम्पन्न, उच्च वर्ग, कथित उच्च जात, वर्ग र भूगोलका कारण सधैँ अन्तिम लहरमा रहेर ओठसम्म आवाज आइसक्दा समेत बोली फुटाउन नसक्ने ती अबोध नागरिकको बोली उतार्दै उनीहरूका आवश्यकता पहिचान गरी  स्थानीय सरकारसँगको पहुँचमा वृद्धि गर्ने पालिका खबरको पहिलो काम हो ।

सुकिला मुकिला, वाक्पटुताका धनी, जानकार, टाठा बाठा, पाखुरी बल, सम्पन्न, उच्च वर्ग, कथित उच्च जात, वर्ग र भूगोलका कारण सधैँ अन्तिम लहरमा रहेर ओठसम्म आवाज आइसक्दा समेत बोली फुटाउन नसक्ने ती अबोध नागरिकको बोली उतार्दै उनीहरूका आवश्यकता पहिचान गरी  स्थानीय सरकारसँगको पहुँचमा वृद्धि गर्ने पालिका खबरको पहिलो काम हो ।

२०७७ असोज १ गतेदेखि पालिका खबर अनलाइनमा www.palikakhabar.com मार्फत, टेलिभिजनमा एभिन्यूज खबरमा हरेक दिन बेलुकी ६ देखि ७ बजेसम्म, विभिन्न रेडियो स्टेसनमार्फत् रेडियोमा र मासिक पत्रिकामार्फत् तपाईंहरु समक्ष छौँ । कोरोना कहरका बिच उदाएको पालिका खबरको अभियान पनि कोरानासँग संयमता र धैर्यताका साथ युद्ध लड्यो । जित्न सकेनौँ, टिक्न सक्यौँ । यो टिकाइले धेरै सिकाई मिलेको छ । ती सिकाई नै आगामी पाइलाका मार्ग निर्देशक मानेका छौँ ।

पालिका खबर अभियानसँग जोडिएर हामीलाई सल्लाह, सुझाव, हौसला दिनुहुन पाठक, श्रोता, दर्शक, पूर्व जनप्रतिनिधि, भर्खरै निर्वाचित जनप्रतिनिधि, पालिका प्रशासक तथा कर्मचारीहरू, पालिका खबरका पूर्व कर्मचारीहरूसँग विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु ।
यो अभियानमा साथ दिने संस्थापक सम्पादक एवं कर्मचारी मित्रहरू, सहयोग र सद्भाव राख्नुहुने सम्पूर्ण सचेत महानुभावहरूलाई धन्यवाद दिन चाहन्छु ।

पालिका खबरलाई नयाँ साजसज्जा मात्र होइन, नयाँ जोश र जाँगरका साथ अझ जनप्रीय सञ्चार माध्यमका रुपमा स्थापित गर्ने ध्येयका साथ आजदेखि पालिका खबरको नेतृत्व गर्नुहुने प्रधानसम्पादक चेतन पाण्डे र उहाँको टिमलाई शुभकामना दिन चाहन्छु ।

सम्पूर्ण पाठक, श्रोता, दर्शक एवं सहयोगी तथा शुभेच्छुकहरुको माया, स्नेह, सुझावको अपेक्षा गर्दछौं । हामी निरन्तर तपाईंसँगै हुनेछौं ।

धन्यवाद !

शिव अधिकारी

अध्यक्ष

पालिका खबर मिडिया हाउस

अनलाइन । टिभी । पत्रिका । रेडियो