close

प्रदेश र संघबीच समन्वय र सहकार्यमा काम गर्न सहमति

प्रदेश र संघबीच समन्वय र सहकार्यमा काम गर्न सहमति

Trulli
ADVERTISEMENT

धनुषा - संघीय सरकारका शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र मुख्यमन्त्री लालबाबु राउतबीच समन्वय र सहकार्यमा काम गर्ने सहमति भएको छ ।


संघीय सरकार शहरी विकास मन्त्रालयबाट प्रदेश २ मा जारी विकास निर्माणका कार्यहरूको स्थलगत निरीक्षणका लागि प्रदेश २ को भ्रमणमा रहेका मन्त्री श्रेष्ठ र मुख्यमन्त्री राउतबीच आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटघाट भएको हो। 


भेटका क्रममा मुख्यमन्त्री राउतले विकास निर्माणका कार्यमा एकरूपता ल्याउन तीनै तहका सरकारबीच समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिए । उनले भने, ‘विकास निर्माणको काम हामीले गर्ने भनेको यहाँका जनताकै लागि हो तसर्थ तीनै तहका सरकारबीच समन्वय गरेर अघि बढ्नुपर्छ ।’

 

मुख्यमन्त्री राउतले धार्मिक पर्यटकीय विकासका साथै जनकपुरधामका लागि ल्यान्डफिल साइट निर्माणमा सहयोग गर्न संघीय मन्त्री श्रेष्ठलाई आग्रहसमेत गरे । 


छलफलको क्रममा संघीय शहरी विकासमन्त्री श्रेष्ठले प्रदेश सरकारले नीति तथा कार्यक्रममा समेटेको सप्तरीदेखि पर्सासम्मको धार्मिक पर्यटकीय करिडोर निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आफ्नो मन्त्रालयबाट प्रदेशमा हुने सम्पूर्ण विकास निर्माणका कार्यमा प्रदेश सरकारसँग समन्वय गरेरै अघि बढ्ने बताए ।


भेटघाटको क्रममा शहरी विकास मन्त्रालयका सचिव रमेश सिंहले प्रदेश २ मा शहरी विकास मन्त्रालयद्वारा जारी विकास निर्माणका कामहरूबारे जानकारी गराएका थए । 


भेटमा वन, उद्योग, पर्यटन तथा संस्कृतिमन्त्री रामनरेश राय, जनता समाजवादी पार्टीका सचेतकद्वय शैलेन्द्रकुमार यादव, परमेश्वर साह, प्रमुख सचिवलगायत विभिन्न मन्त्रालयका सचिवहरू, शहरी विकास मन्त्रालयका पदाधिकारीहरूसहितको सहभागिता थियो ।