close

सर्वोच्चद्वारा राष्ट्रपति कार्यालयका नाममा कारण देखाउ आदेश जारी

सर्वोच्चद्वारा राष्ट्रपति कार्यालयका नाममा कारण देखाउ आदेश जारी

Trulli
ADVERTISEMENT

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणको माग गर्दै सर्वोच्चमा परेको रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ । 

संसदको दुवै सदनबाट दुईपटक बहुमतले पारित भएर गएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि परेको रिटको सुनुवाइ गर्दै न्यायाधीश हरि फुँयालको एकल इजलासले राष्ट्रपति कार्यालयसँग लिखित जवाफ माग गरेको हो। 

शुक्रबारै सुनुवाइ हुने भनिए पनि समय अभावका कारण आजका लागि सारिएको थियो। राष्ट्रपति भण्डारीले नागरिकता विधेयकलाई प्रमाणीकरण नगरेपछि अधिवक्ताहरू सागर बराल, सुनीलरञ्जन सिंह, सुनीलकुमार यादव, देव शर्मा र सोनु रौनियारले राष्ट्रपति कार्यालयलाई विपक्षी बनाई मुद्दा दायर गरेका थिए। 

रिटमा राष्ट्रपतिको कदम संवैधानिक नैतिकता, वस्तुनिष्ठता, सुशासन र संवैधानिक संस्कारको वर्खिलाफ भएको उल्लेख गरिएको छ।