close

प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन मन्त्रालयको अनुरोध

प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन मन्त्रालयको अनुरोध

Trulli
ADVERTISEMENT

काठमाडौं ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले  संघले  स्थानीय तहमा पठाएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिरी गराउन अनुरोध गरेको छ । 

संघले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाउने व्यवस्था रहेको बताउँदै सोहीबमोजिम पठाइएका प्रमुख प्रशासकीय अधिकृतहरूलाई हाजिर गराउने मन्त्रालयले सम्बन्धित स्थानीय सरकारहरूलाई अनुरोध गरेको छ । 

प्रमुख प्रशासकीय अधिकृतहरूलाई स्थानीय सरकारले हाजिर नगराइ फिर्ता पठाएको घटनाप्रति मन्त्रालय गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४को दफा ८४(४)मा भएको व्यवस्थाबमोजिम मन्त्रालयबाट स्थानीय तहहरूमा प्रमुख प्रशासकीय अधिकृतहरू खटाउने गरिएको र सोहीबमोजिम खटाइएका प्रमुख प्रशासकीय अधिकृतहरूलाई हाजिर नगराइ फिर्ता पठाउँदा कर्मचारी व्यवस्थापनमा गम्भीर समस्या सिर्जना हुनुका साथै स्थानीय तहको सेवा प्रवाह एवं प्रशासकीय सुशासनमा समेत असर पर्ने उनले बताए । 

स्थानीय तहले संघले पठाएका कर्मचारीलाई हाजिर नगराउँदा संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्य प्रचलित कानुनले निर्दिष्ट गरेका सहकारिता, समन्वय र सहअस्तित्वको सिद्धान्तको मर्म आउने उनको भनाइ छ ।