close

निवर्तमान  सांसदले राईले स्वीकारे सार्वजनिक अडियो

निवर्तमान  सांसदले राईले स्वीकारे सार्वजनिक अडियो

Trulli
ADVERTISEMENT

काठमाडौं । निवर्तमान प्रतिनिधिसभा सदस्य राजेन्द्र राईले पाख्रीबासका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेललाई आफूले टोलिफोनबाट गालीगलौज गरेको स्वीकारेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेलमाथि जनताको काम नगरेको आरोप लगाउँदै आफूले  सामान्य गालीगलौज गरेको बताए । 

उनले भने, ‘सुरुमा सामान्य कुराकानी भएको, तर, कुराकानी गर्ने क्रममा अन्तिममा भएको कुरा मात्रै बाहिर आएको रहेछ । जनताको काम नगर्नेलाई के गर्ने त । हामीले सिधै कुट्न मिलेन ।’

प्रमुख प्रशासकीय अधिकृतलाई राईले टोलिफोनबाट थर्काएपछि आज पाख्रीबास नगरपालिकामा कर्मचारीले पेन डाउन गरी अत्यावश्यकबाहेक सबै सेवा बन्द गरेका छन् ।   

पाख्रीबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेललाई सरकारले यसै वर्ष उत्कृष्ट निजामती कर्मचारी सेवा पुरस्कारबाट सम्मान गरेको छ ।