close

रोकेको हायस दुर्घटना हुँदा ५ जना घाइते

रोकेको हायस दुर्घटना हुँदा ५ जना घाइते

Trulli
ADVERTISEMENT

सिन्धुली- रोकेको हायस आफैँ गुड्दा दुर्घटनामा परेको छ । बीपी राजमार्गको गोलन्जोर गाउँपालिका- ५ खनियाखर्कस्थित चेक पोस्ट नजिक रोकेको हायस आफैँ गुड्दा दुर्घटनामा परेको हो ।


दुर्घटना हुँदा हायसमा सवार ललितपुर गोदावरी नगरपालिका- ५ की ३०  वर्षीया सिता सिलवाल, सर्लाही नयाँ रोड बस्ने ३० वर्षीया बबिता थापा, उनकी चार वर्षीया छोरी लक्ष्मी थापा घाइते भएका छन् ।


यस्तै, ललितपुर इमाडोल नगरपालिका- ९ बस्ने २८ वर्षीय यमकुमार श्रेष्ठ र उनकी बहिनी १८ वर्षीया सबिमा श्रेष्ठ घाइते भएका छन् । घाइतेमध्ये यमकुमार श्रेष्ठको सिन्धुलीमा उपचार हुन नसकेपछि धुलिखेल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । अरू घाइतेको सिन्धुली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


बुधबार दिउँसो बीपी राजमार्ग हुँदै काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको बा२ख ३९२३ नम्बरको हायस माइक्रो चेक पोस्ट अगाडि रोकी चालकले गाडी स्टार्टमा राखी है्याण्ड ब्रेकसमेत नलगाई इन्ट्री गर्न जाँदा आफैँ पछाडि गुडेर सडकबाट  झण्डै १० मिटर तल खसेको थियो ।