close

१५ दिनपछि खुल्यो पोखरा महानगर

१५ दिनपछि खुल्यो पोखरा महानगर

Trulli
ADVERTISEMENT

पोखरा– कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बन्द रहेको पोखरा महानगरपालिकाको दैनिक सेवा आज (बिहीबार) देखि खुल्ने भएको छ ।

 

महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले विज्ञप्ति जारी गर्दै बिहीबारदेखि दैनिक काम सुरु गरिने जानकारी दिएका हुन् ।

 
२९ असोजदेखि महानगरका काम ठप्प गरिएको थियो । प्रमुख प्रशासकीय अधिकृत बरालका सवारी चालकमा कोरोना देखिएपछि सबै कर्मचारी कन्ट्याक्ट ट्रेसिङमा परेका थिए । त्यसपछि स्वाव दिईएकोमा महाशाखा प्रमुखहरु सहित २० जनामा कोरोना पुष्टि भएको थियो ।


बुधबार बसेको महानगर स्तरीय कोरोना संक्रमण रोकथाम मुल समितिको बैठकले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्दै कार्यालय खोल्ने निर्णय गरेको बरालले जानकारी दिए ।