close

कोरोनाका कारण म्याग्दीका ३ वटा पालिका बन्द

कोरोनाका कारण म्याग्दीका ३ वटा पालिका बन्द

Trulli
ADVERTISEMENT

म्याग्दी– लक्षणसहितका कोरोना संक्रमित भेटिन थालेपछि म्याग्दीका तीनवटा गाउँपालिका बन्द भएका छन् । बेनी नगरपालिका र मालिका गाउँपालिकाको कार्यालयसहित बैंक, वित्तीय र सहकारी संस्थाहरू बन्द भएका हुन् ।


धेरै जनसम्पर्क हुने जनप्रतिनिधि, व्यवसायी, कर्मचारीहरूमा कोरोना संक्रमण पुष्टि भएपछि सदरमुकाम बेनी र पश्चिम म्याग्दीको व्यापारिक केन्द्र दरबाङ बजार बन्द भएका छन् । बेनी नगरपालिका र बजार १४ कात्तिकदेखि नै बन्द छन् भने मालिका र दरबाङ बजार बुधबारदेखि बन्द भएका हुन् ।


कर्मचारीमा संक्रमण पुष्टि भएपछि बाबियाचौरमा कार्यालय रहेको मंगला गाउँपालिकाले असोज अन्तिम सातादेखि अतिआवश्यकबाहेकका सेवा बन्द गरेको थियो । मालिका गाउँपालिकाले बिहीबारदेखि एक हप्ताका लागि सेवा प्रवाह बन्द गर्ने जनाएको छ ।


गाउँपालिका कार्यालयबाट अतिआवश्यक र आन्तरिकबाहेकका काम तथा सेवा प्रवाह बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत सूर्य विश्वकर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पालिका स्तरीय संकट व्यवस्थापन समितिको मंगलबारको बैठकले दरबाङ बजारका पसलसमेत बन्द गराउने निर्णय गरेको थियो ।

 

यसैगरी म्याग्दीको सदरमुकाम बेनी बजारसँगै लामाखेतमा कार्यालय रहेको पर्वतको जलजला गाउँपालिकाको बजार क्षेत्र बुधबारदेखि एक हप्ताका लागि बन्द भएको छ । कोरोना भाइरस फैलिन नदिन २५ कात्तिकसम्म बन्द गर्ने निर्णय गरेको हो । गाउँपालिका, वडा कार्यालय र पालिकाका शाखा कार्यालयबाट अतिआवश्यकबाहेकका सेवा बन्द भएका छन् ।


पालिकाको बजार क्षेत्रमा पर्ने वारीबेनी, लामाखेत, मिलनचोक, मोहनचोक, लस्ती बजार र बगरफाँट क्षेत्रका पसल, व्यवसायसमेत बन्द गरिने गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लद्वारा जारी सूचनामा उल्लेख छ ।


यसैबीच बुधबार गण्डकी प्रदेशसभाका सदस्य विनोद केसी र नेकपा म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठसहित म्याग्दीका १३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।


पोखरास्थित प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा बेनी नगरपालिकाका ११, मंगलाका एक र ठेगाना नखुलेका एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

बेनी नगरपालिका– ७ का वर्ष १८, ५४, २८ र ३० वर्षका महिला, वर्ष २३, ५४, २१, ५२, ८ का वर्ष ३७ का एक, वडा– ५ का ३१ वर्षका एक र वडा– २ का ४४ वर्षका एक पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।  


मंगला गाउँपालिका– १ का ४८ वर्षीय पुरुष र ठेगाना नखुलेका वर्ष ३३ का अर्का पुरुषमा पनि कोरोना पुष्टि भएको छ । बेनी– ८ का संक्रमित गण्डकी प्रदेशसभा सदस्य विनोद केसी हुन् ।


यस्तै, बेनी– ७ का संक्रमितहरूमध्ये एक जना नेकपा म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठ हुन् । केसी र श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफूहरूलाई कोरोना पुष्टि भएको जनाएका छन् ।


अन्य संक्रमितहरू कन्ट्याक्ट टे«सिङबाट पहिचान भएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो पटक थपिएकासहित म्याग्दीमा कोरोना संक्रमितको संख्या १०८ जना पुगेको छ । यहाँ करिब दुई हजारवटा स्वाबको नमुना परीक्षण गरिएको छ ।