close

अपांगता परिचयपत्र बाँड्न घरगाउँ डुले गाउँपालिका अध्यक्ष

अपांगता परिचयपत्र बाँड्न घरगाउँ डुले गाउँपालिका अध्यक्ष

Trulli
ADVERTISEMENT

कास्की- गोरखाको शहीद लखन गाउँपालिकाले घरघरमै पुगेर अपांगता भएकाहरूलाई परिचयपत्र वितरण सम्पन्न गरेको छ । अशक्त र अपांगता भएकाहरू पालिका आउन नसक्ने भएपछि अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, सदस्यहरू र कर्मचारीको टोलीले घरमै पुगेर परिचयपत्र वितरण गरेको थियो ।


७ देखि १२ मंसिरसम्म उक्त अभियान चलेको थियो ।


वडा- १ मा नौ, २ मा दुई, ३ मा तीन, ४ मा सात, ५ मा तीन, ६ मा १७, ७ मा पाँच, ८ मा एक र ९ नम्बर वडामा नौ जना गरी ५६ जनालाई परिचयपत्र वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।


त्यसमध्ये ‘क’ वर्गका नौ जना छन् भने ‘ख’ वर्गका ३०, ‘ग’ वर्गका नौ र ‘घ’ वर्गका सात जनालाई परिचयपत्र दिइएको गाउँपालिका अध्यक्ष रमेशबाबु थापाले जानकारी दिए ।


‘अपांगता भएकालाई पालिका आऊ भन्न सकिएन बरु हामी नै जाँदा नागरिकले सुविधा पाउने भए’, उनले भने, ‘हामीले घरघरै पुगेर परिचयपत्र दियौँ । उनीहरू खुसी छन् ।’


अस्पतालका डाक्टर, स्वास्थ्यका कर्मचारीसमेतको उपस्थितिमा उनीहरूको वर्ग छुट्याइएको हो ।


सरकारले पूर्ण अशक्त भएकाहरूलाई मासिक तीन हजार रुपैयाँका दरले भत्ता उपलब्ध गराउँदै आएको छ भने अर्धअशक्तले ८०० रुपैयाँ पाउँछन् । अन्य ‘ग’ र ‘घ’ वर्गकाले भत्ता नपाए पनि यातायात र अस्पतालमा छुट पाउने गरेका छन् ।