close

सिन्धुलीका मुसहरलाई नयाँ घर

सिन्धुलीका मुसहरलाई नयाँ घर

Trulli
ADVERTISEMENT

सिन्धुली - सिन्धुलीको दुधौली नगरपालिकाका मुसहरले नयाँ घर पाएका छन् । बाग्मती प्रदेश सरकारले निर्माण गरिदिएको घर मुसहरलाई प्रदान गरिएको हो ।

 

आवासविहीन मुसहर समुदायका लागि सिन्धुलीको दुधौलीमा प्रदेश सरकारले ३ सय ५५ वटा पक्की घर निर्माण गरेको हो । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एक कार्यक्रमका बीच घरको साँचो हस्तान्तरण गरेका छन् । 

 

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माण गरेको हो । दुधौली नगरपालिका–४ मा ९, ५ नम्बर वडामा ४, ६ नम्बर वडामा २, ७ नम्बर वडामा ३०, ९ नम्बरमा १ सय ८०, १० नम्बर वडामा ५०, ११ नम्बर वडामा ८० वटा घर निर्माण गरिएको सहरी विकास कार्यालय सिन्धुलीका कार्यालय प्रमुख दुर्गाप्रसाद घिमिरेले जानकारी दिए ।


११ करोड २२ लाख रुपैयाँ लागतमा घर निर्माण भएको घिमिरेले बताए । प्रदेश सरकारले अति सीमान्तकृत माझी, मुसहर, बोटे र चेपाङलगायतका लागि अन्य स्थानमा पनि एकीकृत बस्ती निर्माण गर्ने योजना बनाएको छ । मकवानपुर, चितवन, धादिङलगायतका जिल्लामा घर निर्माण भइरहेको प्रदेश सरकारले बताएको छ ।


मुसहरलाई घर हस्तान्तरण गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकार सधैं जनताको साथमा रहेको बताए । बस्ती विकासलाई प्राथमिकतामा राखेर एकीकृत बस्ती विकास गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।