close

५० प्रतिशत अनुदानमा स्वास्थ्य बिमा गराउँदै चाँगुनारायण

५० प्रतिशत अनुदानमा स्वास्थ्य बिमा गराउँदै चाँगुनारायण

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुरको भक्तपुरको चाँगुनारायण नगरपालिकाले ५० प्रतिशत अनुदानमा स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गरेको छ । नगरपालिकाले १ वैशाखदेखि लागू हुने गरी कार्यक्रम ल्याएको हो ।

 

नगरभित्र स्थायी रूपमा बस्नेहरूका लागि स्वास्थ्य बिमाको कुल लागतमा ५० प्रतिशत अनुदान नगरपालिकाले बेहोर्ने भएको छ । ५० प्रतिशत भने स्थानीयले बेहोर्नुपर्नेछ । 

 

नगरप्रमुख सोमप्रसाद मिश्रका अनुसार स्थानीयको स्वास्थ्यलाई दृष्टिगत गरी पालिकाले उक्त कार्यक्रम ल्याएको हो । उनले हाल मुलुकभर ५ जनासम्म सदस्य रहेको परिवारले बिमाका लागि ३५०० रुपैयाँ तिर्नुपर्ने बताए । तर, कार्यक्रम लागू भएसँगै स्थानीयले सोको ५० प्रतिशतमा स्वास्थ्य बिमा गर्न सक्नेछन् । त्यसका लागि आवश्यक तयारीसँगै सहजकर्तासमेत वडामा खटाइएको छ । 


चाँगुनारायणको सातौँ नगरसभाको नीति तथा कार्यक्रममा पारित स्वास्थ्य बिमामा ५० प्रतिशत अनुदान कार्यान्वयनका लागि बनेको स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन कार्यविधि, २०७७ अनुसार १ वैशाखबाट स्वास्थ्य बिमा अनुदान कार्यक्रम लागू भएको स्वास्थ्य शाखा प्रमुख सत्यकुमार दुवालले बताए ।

 

उनले नगरपालिकाका प्रत्येक वडामा स्वास्थ्य बिमा सहजकर्ता परिचालन भइसकेको बताए । सो कार्यक्रममा समावेश हुन निवेदन पेस गर्दा सबै परिवार सदस्यहरूको परिचय खुल्ने नागरिकता वा जन्मदर्ताको प्रतिलिपि अनिवार्य गरिएको उनको भनाइ छ ।