close

तान्त्रिक प्रयोजनका लागि औँलाको मूल्य ८० लाख पर्ने सुनेपछि...

तान्त्रिक प्रयोजनका लागि औँलाको मूल्य ८० लाख पर्ने सुनेपछि...

Trulli
ADVERTISEMENT

कपिलवस्तु- महिलाको औँला ल्याएपछि ७० देखि ८० लाख रुपैयाँ पाउने लोभमा महिला हत्यामा संलग्न आरोपितहरू २२ दिनपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ५ मनहरपुर माइतीघर बस्दै आएकी ४२ वर्षीया सहजहाँ दर्जी हत्याका आरोपितलाई सार्वजनिक गरेको छ । 

 

पतिको मृत्युपछि उनी माइतीघर बस्दै आएकी थिइन् । दर्जीको १२ चैत राती १० बजे घाँटी थिचेर हत्या भएको थियो ।

 

कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर ३ हर्दिहवामा बोलाएर ललाई-फकाई गरी वडा नम्बर ६ बेतिया नदीमा पुर्‍याएर हत्या गरेका थिए । हत्यापछि शवको औँला काटेर ४ वटा ढुंगासहित बोरामा राखी नदीमा फालेका थिए । 


शुक्रबार जिल्ला प्रहरी कार्यालयमा घटनामा संलग्न रहेका कपिलवस्तु शुद्धोधन गाउँपालिका वडा नम्बर २ नन्दनगर बस्ने अब्दुल कलाम मुसलमान, सोही ठाउँका बेलाल अहमद, शुद्धोधन वडा नम्बर ५ शिवालवाका कृष्ण कुर्मी, सोही वडा विसुनपुराका रामहरक यादव, रूपन्देही सैनामैना नगरपालिका वडा नम्बर १ बनकट्टाका कर्णबहादुर सुनार, नवलपरासीको मध्यबिन्दु नगरपालिका वडा नम्बर ७ घर भई हाल बुटवल उपमहानगर वडा नम्बर ९ शिवनगर बस्ने खेमबहादुर मल्ललाई सार्वजनिक गरेको छ ।

 

उनीहरूले तान्त्रिक प्रयोजनका लागि हत्या गरेका थिए । प्रारम्भिक अनुसन्धानमा कृष्ण कुर्मीले महिलाको औँला ल्याए पैसा पाइने भनेपछि अब्दुल कलाम र बेलाल अहमदले हत्या गरेका थिए । 

 

हत्यापछि बूढी औँलाबाहेकका ८ औँला कृष्ण कुर्मीले बिक्री प्रयोजनका लागि अन्य व्यक्तिलाई दिएको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए । 

 

२० चैतमा प्रहरीले शव फेला पारी अनुसन्धान जारी राखेको थियो । बेवारिसे अवस्थामा रहेको शवको प्रहरीले पहिचान गरी माइती पक्षलाई जानकारी गराएको थियो । 

 

प्रहरीले जानकारी गराएपछि मात्र माइती पक्षले हत्या भएको थाहा पाएका थियो । प्रहरीले हालसम्म ४ ओटा औँला बिक्री प्रयोजनमा संलग्न भएकालाई पक्राउ गरेको हो । बाँकी ४ वटा औँला बिक्रीमा संलग्न रहेकाको पहिचान गरी सार्वजनिक गरिने बताइएको छ ।