close

धनगढीमा थप ५० शय्याको कोरोना अस्पताल बन्दै

धनगढीमा थप ५० शय्याको कोरोना अस्पताल बन्दै

Trulli
ADVERTISEMENT

कैलाली- कैलालीको धनगढीमा थप ५० शय्याको कोरोना अस्पताल निर्माण सुरु गरिएको छ ।

 

कोरोना संक्रमित बढेपछि उपचारका लागि प्रदेश सरकारले ५० शय्याको कोरोना अस्पताल निर्माण सुरु गरेको हो ।

 

प्रदेश सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले सोमबार कोरोना अस्पतालको शिलान्यास गरे । धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित कोरोना अस्पतालकै छेउमा थप ५० शय्याको अस्पताल निर्माण सुरु गरिएको हो ।

 

कोरोना भाइरसको बढ्दो जोखिमलाई ध्यानमा राख्दै चालू आर्थिक वर्षअगावै निर्माण पूरा गर्ने लक्ष्य राखिएको छ । यसअघि निर्माण गरिएको ५० शय्याको कोरोना अस्पतालमा अहिले २१ जना संक्रमितको उपचार भइरहेको छ ।