close

५ वटा अस्पताल चहार्दा पनि उपचार नपाएपछि कोरोना संक्रमितको गयो ज्यान

५ वटा अस्पताल चहार्दा पनि उपचार नपाएपछि कोरोना संक्रमितको गयो ज्यान

Trulli
ADVERTISEMENT

उदयपुर– उदयपुर जलजलेकी कोरोना संक्रमित ३५ वर्षीया महिलाको अस्पतालले भर्ना लिन नमानेपछि उपचार नपाई मृत्यु भएको छ । 

 

घरमै सिकिस्त बिरामी भई उपचारका लागि विराटनगर लगिएकी त्रियुगा नगरपालिका वडा नम्बर ६ देउरालीकी महिलाको कोसी अस्पतालमा मृत्यु भएको हो । 

 

एउटा अस्पतालले अर्को र अर्कोले अर्कोमा गर्दागर्दै एम्बुलेन्समा अक्सिजन सकिएसँगै ५ वटा अस्पताल चहार्दाचहार्दै कोसी अस्पताल पुर्‍याउँदा उनको मृत्यु भएको हो ।

 

उपचार सुरु गर्नुपूर्व एन्टिजेन परीक्षण गर्दा पोजिटिभ देखिएपछि विराटनगरका अस्पतालले उपचार गर्न नमान्दा मृत्यु भएको महिलाका आफन्तको गुनासो छ ।

 

गत आइतबार श्वासप्रश्वासमा एक्कासि समस्या देखिएपछि स्थानीय अस्पतालमा सामान्य प्रारम्भिक उपचार गरेर थप उपचारका लागि उनलाई विराटनगर लगिएको थियो । सुरुमा एम्बुलेन्समै अक्सिजन दिएर विराटनगरस्थित गोल्डेन अस्पताल पु¥याइएको एम्बुलेन्स चालक मोहम्दा राजाले बताए ।

 

‘गोल्डेनमा भर्ना गर्नु पहिले एन्टिजेन परीक्षण गरियो,’ उनले भने, ‘रिपोर्टमा पोजिटिभ आयो । बिरामीको अवस्था गम्भीर रहेकाले चिकित्सकले विराटनगर मेडिकल कलेज लैजानू भने ।’

 

विराट मेडिकल कलेज पु¥याउँदा त्यहाँ आरडीटी परीक्षण गर्दा पोजिटिभ नै देखिएपछि चिकित्सकले भर्ना नगरी फर्काइदिएको महिलाका आफन्तको आरोप छ ।


अस्पताल चहार्दाचहार्दै एम्बुलेन्समा अक्सिजन सकिएपछि समस्या आएको एम्बुलेका चालकको दाबी छ । उनका अनुसार पछि अर्को एम्बुलेन्समार्फत म्याक्स अस्पताल, विराट नर्सिङ होम, नोबेल अस्पताल हुँदै कोसी अस्पतालको आकस्मिक कक्षमा पु¥याउँदा महिलाको मृत्यु भएको हो । 

 

कोशी अस्पतालको आइसोलेसनमा भर्ना गरिए पनि चिकित्सकले उपचारमा आनाकानी गर्दा बिरामीको मृत्यु भएको हो । कोसी अस्पताल प्रमुख डा. चुमनलाल दासले बिरामीको अवस्था अस्पताल आउँदा नै नाजुक भएकाले बचाउन नसकिएको दाबी गरे । महिलाको मृत्युको विषयमा आधिकारिक जानकारी प्राप्त भइनसकेको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए ।

 

‘तर, एन्टिजेन पोजिटिभ भएकी महिलाको मृत्यु भएपछि अस्पतालले लापरबाही गर्न नहुने हो,’ उनले भने, ‘पिसिआर परीक्षण गरेर मात्रै शव व्यवस्थापन गर्नुपर्नेमा त्यसो नगरिएको जानकारीसम्म पाएको छु ।’