close

पोखरामा संक्रमण पुष्टि भएकाको संख्या हालसम्मकै उच्च

पोखरामा संक्रमण पुष्टि भएकाको संख्या हालसम्मकै उच्च

Trulli
ADVERTISEMENT

कास्की- कास्कीको पोखरा महानगरमा मंगलबार हालसम्मकै उच्च संक्रमित पुष्टि भएका छन् । एकै दिन ३ सय ९ जनामा कोरोना संक्रमण देखिएको हो ।

 

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यो तथ्यांक हालसम्मकै सबैभन्दा उच्च हो । पोखराका सबै वडामा अहिले संक्रमण फैलिएको छ । 

 

गण्डकी प्रदेशमा भने मंगलबार दिउँसोसम्म ३ सय ९७ मा संक्रमण देखिएको छ भने २ जनाको मृत्यु भएको छ । पोखरामा परीक्षण गरिएकामध्ये ४५ प्रतिशत हाराहारीलाई संक्रमण पुष्टि भएको छ । 

 

अधिक कोरोना फैलिएपछि कास्कीसहित, स्याङ्जा र बागलुङमा कडा खाले निषेधाज्ञा जारी गरिएको छ । अरू जिल्लामा पनि निषेधाज्ञाको तयारी छ । मनाङ र मुस्ताङमा समेत अहिले कोरोनाका बिरामी भेटिएका छन् ।