close

सुस्ता गाउँपालिकामा १५ बेडको आइसोलेसन

सुस्ता गाउँपालिकामा १५ बेडको आइसोलेसन

Trulli
ADVERTISEMENT

नवलपरासी पश्चिम- नवलपरासी पश्चिमको सुस्ता गाउँपालिकाले १५ बेडको आइसोलेसन सेन्टर तयार गरेको छ । सुस्ताले वडानम्बर ५ पक्लिहवा स्वास्थ्य चौकीको नयाँ भवनमा अक्सिजनसहितको आइसोलेसन निर्माण गरेको हो ।

 

कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर १५ बेडको आइसोलेसन बनाएका हौँ’, सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले भने, ‘पालिकाको स्रोत–साधन र क्षमताअनुसार नागरिकको स्वास्थ्यप्रति सजग छौँ ।’

 

आइसोलेसनमा मेडिकल टिमसहित आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रप्रसाद बस्यालले जानकारी दिए ।

 

आइसोलेसनको पालिका अध्यक्ष पाण्डेयसहितका जनप्रतिनिधि र सरोकारवालाले बुधवार अनुगमन गरेको बस्यालले बताए । सामान्य अवस्थामा रहेका संक्रमितलाई होम आइसोलेसन र गम्भीर अवस्थाकालाई आइसोलेसन सेन्टरमा राख्ने योजनाअनुसार नयाँ आइसोलेसन निर्माण गरेको गाउँपालिकाले जनाएको छ ।