close

फालेलुङ र याङ्वरक संक्रमणको जालो तोड्न सफल (भिडियाे खबर)

फालेलुङ र याङ्वरक संक्रमणको जालो तोड्न सफल (भिडियाे खबर)

ADVERTISEMENT

पाँचथर- कोरोना भाइरसको संक्रमण बिस्तारै न्यूनिकरण भइरहेको छ । महामारी नियन्त्रण गर्न स्थानीय सरकार नै अब्बल सावित भइरहेका छन् । स्थानीय सरकारको तर्फबाट गरिएका पहलले मूर्त रूप लिइरहँदा महामारीको कहर साम्य हुने अपेक्षा गरिएको छ । जसको छनक पाँचथर जिल्लामा देखिएको छ ।

 

जिल्लामा फिदिम नगरपालिकासहित हिलिहाङ र मिक्लाजुङ गाउँपालिकामा संक्रमितको संख्या बढी छ । संक्रमणको दोस्रो लहर जिल्लामा सुरु हुँदा धेरै संक्रमित देखिएका याङ्वरक र फालेलुङमा भने संक्रमित थपिन छाडेको एक साता बितेको छ । यी दुई गाउँपालिका उक्त लहरको संक्रमणको जालो तोड्न सफल भएका छन् ।

 

पाँचथरमा पछिल्लो एक साता नयाँ संक्रमित थपिने संख्या कम हुँदै गएको छ । जिल्लाका दूरदराजका ग्रामीण बस्तीमा फैलिइरहेको कोरोना भाइरसको संक्रमण दर करिब ३७ प्रतिशत रहेको पाइएको छ । जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका अनुसार पाँचथरमा कोरोना भाइरसको यकिन संक्रमण दर ३६.९१ प्रतिशत छ । यस्तै मृत्यु दर ०.६० प्रतिशत छ ।

 

स्वास्थ्य कार्यालय पाँचथरमा प्राप्त तथ्याङ्कअनुसार गत वैशाख १९ गतेदेखि हालसम्म जिल्लामा ४ सय ९८ जनामा कोभिड–१९ को संक्रमण देखिएको छ । उक्त अवधिमा पिसिआर विधिबाट ३ सय १९ र एन्टिजेन विधिबाट एक हजार ३० जना गरी कूल एक हजार ३४९ को परीक्षण गरिएको छ । यस्तै संक्रमण पुष्टि भएकामध्ये तीन जनाको मृत्यु भएको छ ।

 

कोरोना भाइरसको संक्रमण दर र मृत्यु दर सामान्य रहे पनि उपचारात्मक व्यवस्था कमजोर हुनाले यो संख्यासमेत चुनौतीपूर्ण हुने सरोकारवालाको ठम्याइ छ । खासमा महामारी नियन्त्रणमा फिदिम नगरपालिकासहित हिलिहाङ र मिक्लाजुङ गाउँपालिकामा संक्रमितको संख्या बढी थियो ।

 

संक्रमणको दोस्रो लहर जिल्लामा शुरु हुँदा धेरै संक्रमित देखिएका याङ्वरक र फालेलुङमा भने संक्रमित थपिन छाडेको एक साता बितेको छ । जसको जस स्थानीय सरकारलाई जान्छ । जिल्लामा हालसम्म सघन उपचार कक्ष (आसीयू) र भेन्टिलेटरको प्रबन्ध हुन सकेको छैन ।

 

जिल्ला अस्पतालमा सघन उपचार कक्ष (आसीयू), भेन्टिलेटर र अक्सिजन प्लान्ट स्थापनाका लागि संघीय सरकारबाट बजेट प्राप्त भए पनि सो कार्यमा ढिलाइ भइरहेको छ ।  फालेलुङले पनि महामारी नियन्त्रण गर्न सफल हुँदै गएको देखिन्छ । सङ्क्रमितको सामान्य उपचार गर्न सक्ने हाई डिफेन्डेन्सी युनिटमा हालसम्म १० वटा शय्या छन् ।

 

जिल्लामा ११९ थान अक्सिजन सिलिण्डर रहेको जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएको छ । गम्भीर समस्या देखिएका बिरामीलाई यहाँबाट तत्कालै रेफर गर्नुपर्ने बाध्यता छ । दिनहुँ संक्रमितको संख्यामा वृद्धि भइरहे पनि गम्भीर बिरामी पर्नेको संख्या न्यून छ ।