close

संक्रमितसँग शुल्क लिए अस्पतालको दर्ता खारेज

संक्रमितसँग शुल्क लिए अस्पतालको दर्ता खारेज

Trulli
ADVERTISEMENT

काठमाडौं– सरकारले कोरोना संक्रमितको उपचारका सम्झौता गरेका निजी अस्पतालले संक्रमितबाट शुल्क लिएको पाइए दर्ता खारेज गरिने चेतावनी दिएको छ ।

 

स्वास्थ्य मन्त्रालयले बिहीबार सूचना जारी गर्दै सरकारसँग सेवा सम्झौता गरेका निजी अस्पतालले संक्रमितसँग शुल्क लिएको पाइए निःशुल्क कोभिड–१९ को सेवा प्रवाह गर्ने अस्पतालको सूचीबाट हटाउने, अस्पतालको दर्ता खारेज गर्ने तथा प्रचलित कानुनबमोजिम कारबाही गरिने बताएको हो ।

 

मन्त्रालयले संक्रमित वा तिनका आफन्तले सशुल्क सेवा लिने भनी अस्पतालसँग लिखित रूपमा मञ्जुरीनामा गरेको अवस्थामा मात्रै सशुल्क उपचारको व्यवस्था गर्न निजी अस्पताललाई निर्देशन दिएको छ ।