close

प्रदेश १ को बजेटः कोरोना रोकथाम र उपचारका लागि ४४ करोड

प्रदेश १ को बजेटः कोरोना रोकथाम र उपचारका लागि ४४ करोड

Trulli
ADVERTISEMENT

मोरङ- प्रदेश १ सरकारले कोरोना महामारी नियन्त्रणमा जोड दिदै आर्थिक वर्ष २०७८/०८९ को बजेट सार्वजनिक गरेको छ । 


कोरोना रोकथाम, उपचार र नियन्त्रणका लागि प्रदेशले ४४ करोड रुपैयाा बजेट बिनियोजन गरेको छ । प्रदेशले सबै नागरिकलाई खोप दिने घोषणा गर्दै कोरोना नियन्त्रणमा अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मी र कर्मचारीलाई अतिरिक्त पारिश्रमिक उपलब्ध गराउने भएको छ ।

 

कोरोनााबाट प्रभावित साना तथा मझौला उद्योगको पुर्नउत्थानको कार्यक्रम ल्याएको प्रदेशले प्रदेश मातहतका सबै अस्पतालको गुरु योजना बनाएर अस्पताललाई सुविधासम्पन्न बनाउने घोषणा गरेको छ ।

 

प्रदेश सरकारले समग्र स्वास्थ्य क्षेत्रमा ३ अर्ब २५ कराेड रुपैयाँ  विनियाेजन गरेकाे छ ।