close

मनाङमा बाढीपहिरोमा फसेका ३५ जनाको हेलिकोप्टरमार्फत उद्दार

मनाङमा बाढीपहिरोमा फसेका ३५ जनाको हेलिकोप्टरमार्फत उद्दार

Trulli
ADVERTISEMENT

लमजुङ- बाढीपहिरोमा फसेमा मनाङका ३५ जना नागरिकको हेकिप्टरमार्फत उद्दार गरिएको छ । नेपाली सेनाको हेलिकोप्टरमार्फत मनाङको सिरानतालका २४ र थोंचेको गुम्बामा फसेका ११ जनाको उद्दार गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए ।

 

मौसममा आएको खराबीका कारण ३ दिनदेखि मनाङमा बाढीपहिरोमा फसेका नागरिकलाई उद्दार गर्न हेलिकोप्टर जान सकेको थिएन । मौसममा सुधार आउनासाथ बिहीबार बिहानै सेनाको हेलिकोप्टरले अलपत्र नागरिकको उद्धार गरेको हो ।

 

सिरानतालका नागरिकलाई हेलिकोप्टरमार्फत तालडाँडामा लगेर राखिएको छ भने थोंचे गुम्बाकालाई सदरमुकाम चामे लगिएको छ । 

 

बाढीपहिरोमा फसेका नागरिकको उद्दारमा मनाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङ पनि सरिक थिए । उद्दारपछि बाढीपहिरोपीडित नागरिकलाई राख्न त्रिपाल, टेन्टलगायत सामग्रीसमेत लगिएको छ ।


बाढीपीडितको अवस्था बुभ्mन गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितको टोली हेलिकोप्टरमार्फत मनाङ पुगेको छ । गण्डकी प्रदेशका बिनाविभागीय मन्त्री राजीव गुरुङ (दीपक मनाङे) पनि मुख्यमन्त्रीसँगै मनाङ पुगेका छन् ।