close

महामारी प्रभावितको पुनरुत्थानका लागि विश्व बैंकको १७ अर्ब ५५ करोड सहायता

महामारी प्रभावितको पुनरुत्थानका लागि विश्व बैंकको १७ अर्ब ५५ करोड सहायता

Trulli
ADVERTISEMENT

काठमाडौं– विश्व बैंकले कोरोना महामारीबाट प्रभावितको पुनरुत्थानका लागि नेपाललाई १७ अर्ब ५५ करोड रुपैयाँ सहायता उपलब्ध गराउने भएको छ ।


बैंकको कार्यकारी बोर्डले कोभिड–१९ को उत्थानशील पुनर्लाभ, अति जोखिममा परेकाको सुरक्षा र दिगो विकासमा सघाउन उक्त रकम स्वीकृत गरेको हो ।

 

‘महामारीबाट सामाजिक एवं आर्थिक क्षेत्रमा परेको प्रभाव घटाउन प्रभावित जनसंख्यालाई हरित, उत्थानशील र समावेशी पुनरुत्थानमा तत्काल राहत उपलब्ध गराउनु प्राथमिकता हो,’ नेपाल, श्रीलंका र मालदिभ्सका लागि बैंकका देशीय निर्देशक फारिस हदाद जार्भोसले सहायता रकम स्वीकृत भएपछि भने ।

 

नेपालको आर्थिक वृद्धि, पुनरुत्थान र उत्थानशील वित्तीय नीति तथा कार्यक्रममा सघाउन उक्त रकम उपयोग हुनेछ । कर तथा भन्सार प्रणाली, ऋण व्यवस्थापन, सार्वजनिक खर्च, सामाजिक सुरक्षा कार्यक्रमको आधुनिकीकरण, हरित पुनरुत्थानका लागि नियामक आधार खडा गर्ने, संरचनागत व्यवधान हटाउन तथा पुँजीमा निजी क्षेत्रको पहुँच पु¥याउन सहयोग रकम परिचालन हुनेछ ।